×

मेयर बालेनलाई सरकारले किन गरायो सचेत ?

images

काठमाडौ। सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न नगरप्रमुख शाहलाई सचेत गराउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहको अभिव्यक्ति अव्यावहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न सचेत गराउने निर्णय भएको बताइन् ।

शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहको अभिव्यक्ति अव्यावहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न सचेत गराउने निर्णय गरिएको हो ।

सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुख शाहको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको उनले बताइन् । उनले बैठकमा नीतिगत व्यवस्थानुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् । ‘सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल भएको छ,’ प्रवक्ता शर्माले भनिन्, ‘उहाँको अभिव्यक्ति राम्रो छैन भन्ने लगायत नीतिगत रूपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरामा छलफल भएको छ ।’

एक दिनअघि मात्रै नगरप्रमुख शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा नगरिएको भन्दै संघीय सरकारका रूपमा रहेको सिंहदरबारले स्थानीय सरकारसँग समन्यवय गर्न नचाहेको समाजिक सञ्जालमा उल्लेख गरेका थिए । विगत तीन दिनदेखि सिंहदरबारको फोहोर उठेको छैन । राजधानी दैनिकबाट

बुधबार २९ चैत २०७९ ०८:५१ AM मा प्रकाशित

प्रतिक्रिया