×

न्यायाधीश गिरी पक्राउ

images

काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने प्रहरीले जनाएको छ ।

गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएको थियो ।

बुधबार २९ चैत २०७९ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया