×

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

images

नेपाल बैंकर्स एसोसिएसनले वाणिज्य बैंकहरुको ब्याजदर घटाउने निर्णय गरेको छ। एसोसिएसनको आज पौष २७ गते साँझ बसेको बैठकले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा १.१३% ले ब्याजदर घटाउने निर्णय गरेको हो।

यसअनुसार, अब वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा पौष महिनाको ब्याजदर १२.१२% बाट घटेर माघ महिनाको लागि व्यक्तिगत तर्फ ११% तथा संस्थागत तर्फ ९% ब्याजदर कायम हुने भएको छ।

यसअघि, असोजमा मुद्दती निक्षेपमा बढाएर व्यक्तिगत तर्फ १२.१३% र संस्थागत तर्फ १०.१३% पुराएको ब्याजदर पौष महिनासम्म स्थिर रहेको थियो।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार औसत ब्याजदर अन्तर “क” वर्गका वाणिज्य बैंकहरुको ४.४ प्रतिशत भन्दाबढी नहुने व्यवस्था रहेको छ।

त्यसैगरी, राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार अब चैतदेखि वाणिज्य बैंकले ४.२% भन्दा बढी स्प्रेडदर नहुने व्यवस्था गर्नुपर्ने भएको छ। निर्देशन अनुसार स्प्रेडदर २०८० असार महिनादेखि वाणिज्य बैंकले ४% कायम गर्नुपर्नेछ।

बिहीबार २८ पुस २०७९ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया