×

गठबन्धन १०/१५ वर्षसम्म कायमै रहन्छ: देउवा

images

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझै १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताएका छन्। शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० सतुंगलमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै देउवाले पटक पटक संसद बिघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि विजयी गराउनुपर्ने बताएका हुन् ।

उनले सत्ता गठबन्धन एकजुट भएर चुनावमा गएको पनि बताए। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिई बिजयी गराएमा गठबन्धन निरन्तर रहने उनको भनाइ थियो।  ‘पाँच वर्षको अवधिमा केपी शर्मा ओलीले २ पटक संसद विघटन गर्नुभयो। हामी संविधानको रक्षाका लागि उत्रियौं, अदालत गयौं,’ देउवाले भने, ‘संविधान रक्षा र स्थिरताका लागि गठबन्धन अझै आवश्यक छ।’

देउवाले देशलाई स्थायी शान्ति र लोकतन्त्रलाई मजबुत बनाउन १० देखि १५ वर्षसम्म गठबन्धनलाई अघि बढाउनुपर्ने धारणा राखे । मंसिर ४ गते हुने निर्वाचन नेपालको भाग्य र भविष्य फैसला गर्ने उपयुक्त माध्यम भएको उनको भनाई छ । प्रधानमन्त्री देउवाले कलंकी देखि थानकोटसम्म सडक बिस्तारका क्रममा अन्याय परेकालाई मुआव्जा उपलव्ध गराईने धारणा राखे ।

शुक्रबार​ २५ कात्तिक २०७९ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया