काठमाडौँ । असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्बजनिक गरिएको ट्रेलरबाट आरोहण र त्रिकोणात्मक प्रेमकथामा फिल्म बनेको सजिलै अनुमान गर्न सकिन्छ ।
अनमोल केसीले सगरमाथा आरोहणको क्रममा भोगेका चुनौतीसँगै आँचल शर्मा र जसिता गुरुङसँगको प्रेममा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ र फिल्मको मूल विषयवस्तु पनि बुझाइएको छ । भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारलाई पनि ट्रेलरमा स्थान दिइएको छ । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ ।
ट्रेलर: https://youtu.be/aL6bdQBa74g
प्रतिक्रिया