×

भारतीय चामलको आयात घटाउने अवसर

images

कृषि प्रधान देश मुलुक भनेर चिनिने नेपालले विगतमा चामल निर्यात गर्‍थ्यो भन्दा अहिलेको नेपाली समाजका लागि अनौठो समाचार हुन सक्छ। तर नेपालले आफूलाई चाहिने मनग्य चामल त्यसमा पनि नुवाकोटको शिखरबेसीको पोखरेली चामल, तराइ तिर भान्सा र वरपरको वातावरण नै मगमग हुने करिया कामत, चिउराको लागि टाइचिन, जुम्लाको मार्सी जस्ता विशेष प्रकारको चामल सहित आफ्नो आवश्यकता परिपूर्तिका लागि मात्र नभएर निर्यात गर्न पुग्ने गरि उत्पादन गथ्र्यो जुन कुरा सत्य हो ।

बिशेष गरी नेपालको मनग्य धान उत्पादन हुने पकेट क्षेत्र तराईका सहरहरुबाट कच्चा धान नै भारततर्फ निर्यात हुने अनि महङ्गो र कमसल चामल नेपाल भित्रने क्रम बढ्दै जाँदा वर्तमान नेपालको चामलको माग पुरा गर्न भारको मुख ताक्नुपर्ने अवस्था आएको पनि निकै बर्ष भईसक्यो। सरकारी तथ्याङ्कले भारतबाट नेपालले गत आर्थिक वर्षमा मात्रै पाँच अर्ब ७ करोड ३५ लाख रुपैयाँको हाराकारीमा ६७ हजार ८०४ मेट्रिक टन चामल आयात गरेको पाइएको छ । यसले पनि नेपालमा चामलको मागको ठूलो हिस्सा भारतीय चामल आयतले ओगटेको स्पस्ट हुन्छ । अब भारतले भदौ २४ गतेबाट बासमती बाहेकको चामल निर्यातमा २० प्रतिशत थप कर लगाउने निर्णय गरेसँगै नेपालमा चामलको मूल्य अझै बढने संकेत देखिएको छ । 

रसिया युक्रेन युद्धले विश्वव्यापी रुपमा निम्त्याएको चुनौती र त्यसको सामना गर्ने सिलसिलामा भारत रुसबाट ठूलो मात्रामा सस्तोमा पेट्रोलियम पदार्थको खरिद मात्र गरेको छैन । आफ्नो ठूलो जनसङ्ख्याको खाद्य सुरक्षालाई समेत प्राथमिकतामा राख्दै गहुँ चामल जस्ता कृषि उत्पादनको निर्यातमा कडाइ गर्ने निती अघि सारेको छ । विश्व उत्पादन हुने  चामल व्यापारको ४० प्रतिशत भन्दा बढी भारतीय  हिस्सा रहेको सन्र्दभमा भारतमा धानबालीको क्षेत्रफलमा उल्लेख्य कमी आएको निष्कर्ष निकाल्दै भारतले यस्तो नीति लिइएको समाचारहरुमा उल्लेख गरिएको छ । 

भारतले चामल निर्यातमा लगाएको करको कारण कनिका जस्ता वस्तुको आयात नेपालमा ठूलो मात्रामा हुँदै आएको र त्यसबाट नेपालमा उत्पादन हुने बियरको कच्चा पदार्थ समेत महङ्गिने अनुमान गरिएको छ । तर भारतले चामलमा लगाएको थप करलाई नेपालले सम्भावनाको रुपमा उपभोग गर्न सक्नुपर्छ। हरेक चुनौति सम्भावना लिएर आउछ भन्ने कुरालाई आत्ससाथ गर्ने हो भने नेपालमा नै मनग्य धान उत्पादन हुने अवस्था सिर्जना गर्न सकिन्छ । जसका कारण भारतबाट आयात गर्नुपर्ने चामलको हिस्सा घटाउन सकिन्छ । ठूलो मात्रामा युवा जनशक्ति सस्तो श्रमका लागि  विदेश पलायत हुन,  मुलुकमा धान उत्पादन हुन सक्ने ठूलो मात्रामा जमिन खेर जानु, धानको उत्पादन बृध्दिका लागि आवश्यक मलको व्यवस्था समयमा गर्न सरकार सधै असफल रहनु अनि उत्पादित धानको उचित मूल्य किसानले पाउने व्यवस्था सुनिश्चित गर्ने खालको सरकारी नीति नहुनु जस्ता चुनौति भने विद्यमान नै छ ।
 
चामल मात्र नभएर भारतबाट ठूलो मात्रामा आयात हुने तर नेपालमा नै उत्पादन बढाउन सकिने खालका कृषि जन्य र अन्य बस्तुहरुको उत्पादन स्वदेशमा नै बढाउने नीति अबलम्बन गर्न सरकार अब पछि पर्नु हुन्न । हाल नेपाल भारत व्यापारको अवस्था हेर्दा अधिल्लो बर्षको तथ्याङ्कमा नेपालले भारतबाट १२ खर्ब १५ करोड २७ लाख को सामान आयात गरेर पाइएको छ भने नेपालबाट भारततर्फ  १ खर्ब ५५ अर्ब २२ करोड २३ लाख रुपैयाँको मात्र सामान निर्यात गरेको गरेको छ जसले नेपालले भारतसँगको व्यापारमा ठूलो घाटा व्यहोरेको अवस्था स्पस्ट रुपमा देख्न सकिन्छ । अब यो खाडल कम गर्ने उपाय भनेको भारतबाट आयात हुने कृषि जन्य वस्तुहरु र अन्य औद्योगित उत्पादनहरु जुन नेपालमा नै सहज रुपमा उत्पादन हुन सक्छ त्यसलाई बढाउने अनि जलविद्युत निर्यात र भारतीय पर्यटकलाई नेपालमा थप आकर्षित गर्ने हो भने व्यापार घाटाको खाडल कम गर्न सक्ने सम्भावना भने देखिन्छ। तसर्थ भारतीय नाकाबन्दीबाट पनि नसिकेको पाठ अब भारतले चामल निर्यातमा लगाएको थप करको चुनौतीलाई अवसरमा बदल्न नेपाल सरकारको सही नीति र धान उत्पादन गर्ने किसानको जागर मुलुकले खोजेको छ। 


 

आइतबार​ २६ भदौ २०७९ ०८:०६ AM मा प्रकाशित

प्रतिक्रिया