×

रुसी राष्ट्रपति पुटिन युक्रेनमा लामो युद्धको तयारीमा

images

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ ।

युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य हुने सम्भावना नरहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी आएको हो । युक्रेनले आफ्नो राजधानी किएभ कब्जा गर्ने प्रयासको प्रतिरोध गरेपछि रुसले डोनबास क्षेत्रमा आफ्ना सेनालाई केन्द्रीत गरेको छ । 

पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वि खार्किभ क्षेत्रका चारवटा बस्ती पुनः कब्जा गरेको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताएका छन् । 

बुधबार २८ बैशाख २०७९ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया