×

बुङद्यो (रातो मच्छिन्द्रनाथ)को रथलाई जावलाखेल ल्याउन जुराइयो साइत

images


काठमाडौं।  बुङद्यो (रातो मच्छिन्द्रनाथ)को रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ ।

रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि बिहीबार बिहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेका हुन् । यदि ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा ११ गते भोटो देखाइनेछ ।

भोटो जात्रापछि बुङद्यो (रातो मच्छिन्द्रनाथ)लाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

यसैबीच बुङद्यो (रातो मच्छिन्द्रनाथ) को कुलदेवी पूजा भएको छ । कुलदेवीको पूजा गरिने दिनमा नै रथबाट लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेर्ने परम्परा अनुसार आज बिहान मंगलबजारको सोह्रखुट्टे पाटीमा साइत हेरिएको हो ।

बिहीबार २८ बैशाख २०८० ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया