×

भारतको प्रस्तावमा चीनको भिटो

images


काठमाडौं । भारतले अलकायदाका आतंकवादी रउफ अजहरलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रतिबन्ध सूचीमा समावेश गर्ने प्रस्तावको चीनले विरोध गरेको छ।

पाकिस्तानस्थित आतंकवादी संगठन जैश(ए(मोहम्मदका आतंकवादी अब्दुल रउफ अजहरलाई कालोसूचीमा राख्ने भारतको प्रस्तावमा चीनले आपत्ति जनाएको हो ।

उफ अजहर जैश नेता मसूद अजहरका भाइ हुन्। उनी सन् १९९९ मा इन्डियन एयरलाइन्सको फ्लाइट आईसी ८१४ अपहरण, सन् २००१ मा संसदमा भएको आक्रमण र २०१६ मा पठानकोटमा भारतीय वायुसेनाको बेसमा भएको आक्रमणलगायत भारतमा धेरै आतङ्ककारी हमलाको योजनामा ​​संलग्न रहेको बताइएको छ ।

अमेरिकाले सन् २०१० मा रउफ अजहरमाथि प्रतिबन्ध लगाएको थियो । गत वर्ष अगस्टमा पनि रउफ अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावलाई चीनले भिटो गरेको थियो । (एजेन्सी)

बिहीबार २८ बैशाख २०८० ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया