×

कुलमानको नाममा नक्कली ट्विटर ह्यान्डल, ‘गलत प्रचार भयाे’ : घिसिङ

images

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा नक्कली ट्विटर ह्यान्डलबाट पालिका चुनावको सन्दर्भमा गलत सूचनाहरू सम्प्रेषण भइरहेको बताउनुभएको छ ।

आज बुधवार एक विज्ञप्ति निकालेर घिसिङले आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलबाट पालिका चुनावको सन्दर्भमा गलत सूचनाहरू सम्प्रेषण भइरहेको भन्दै ध्यानाकर्षण भएको बताउनुभएको हो । 

‘मेरो आधिकारिक ट्विटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको बेहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु’, घिसिङले भन्नुभएको छ । 

हिजो मङ्गलवार कुलमान घिसिङको नाम र तस्बिर प्रयोग गरी खोलिएको ट्विटर ह्यान्डलबाट काठमाण्डौ महानगरपालिकाको मेयरका उम्मेदवारको पक्षमा भोट मागिएको थियो । 

बुधबार २८ बैशाख २०७९ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया