×

भोट हाल्न गाउँ घर जानेको भिडले काठमाण्डौका नाकामा चाप

images

काठमाडौँ । मतदान गर्ने दिन नजिकिएसँगै काठमाण्डौ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । काठमाण्डौका मुख्य नाका कलंकी–नागढुंगा र कोटेश्वर – जडिबुटी सडकखण्डामा आज पनि उस्तै चाप छ ।

यस्तै, लामो दूरीका बस छुट्ने नयाँ बसपार्कमा पनि यात्रुको भिड छ । गाउँ घर जाने तयारीमा रहेकाहरु बिहानै गाडी चढ्ने ठाउँमा पुगेका छन् । तर, उनीहरुलाई गाडी पाउन मुस्किल छ । गाडीको खोजीमा रहेका यात्रुको भिड सडकको छेउसम्मै छ ।

गाडी र यात्रुको चापका कारण कोटेश्वर जडिबुटी सडकखण्डमा आवागमन नै प्रभावित भएको छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् । यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् । धेरैजसो गाडी रिजर्भमा जान थालेकाले यात्रुलाई गाडी पाउन समस्या छ । भोलि झन् समस्या हुन सक्ने भन्दै धेरै जना आजै गाउँ घर जाँदै छन् । यसले भिड थप बढाएको छ । 

बुधबार २८ बैशाख २०७९ १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया