×

पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीशद्वय राउत र फुयालको इजलासमा

images

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयालको इजलास तोकेको छ। सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय राउत र फुयालको संयुक्त इजलास तोकेको हो।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग समेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलमले आफूलाई थुनामुक्त गराउन माग गर्दै सर्वोच्च पुगेका हुन्। उनको मुद्दामा पटकपटक पेसी तोकिए पनि सुनुवाइ भने सर्दै आएको छ।

शुक्रबार​ २७ फागुन २०७८ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया