×

३ लाख भारतीय रुपैयाँसहित दुई थाइ महिला विमानस्थलबाट पक्राउ

images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार थाइल्यान्डका दुई जना नागरिक करिब ३ लाख भारतीय रुपैयाँसहित पक्राउ परेका छन्।

भिष्टारा एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट भारत जान लागेका उनिहरुको साथबाट २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जन्तासान र ४१ वर्षीया वारापोर्न खुन्सोमबात रहेका छन्। बरामद रकममध्ये २ हजार दरका ४ थान र ५ सय दरका ५ सय ७३ थान रहेका छन्। एक्स रे मेसिनमा जाँच गर्नेक्रममा उनिहरुसँग उक्त रकम देखिएको हो।

 

शुक्रबार​ २७ फागुन २०७८ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया