×

भारतीय विधानसभा चुनाव : को हुन् ती अनुहार, जोसँग हारे चन्नी, सिद्दु, बादल र धामीजस्ता नेता

images

काठमाडौं । उत्तर प्रदेश, उत्तराखण्ड, पंजाब, गोवा र मणिपुरको विधानसभा चुनावको परिणाम बिहीबार आइसकेको छ। यस चुनावमा धेरै नौला कुराहरु देखा परे। चुनावमा पंजाब कांग्रेसबाट नवजोत सिंह सिद्दु, पंजाब सीएम चरणजीत सिंह चन्नी, पूर्व सीएम प्रकाश सिंह बादल, कैप्टन अमरिंदर सिंह जस्ता वरिष्ठ नेताहरुले आफ्नो क्षेत्र बचाउन सकेनन्। उत्तराखण्डमा भारतीय जनता पार्टी आफ्नो सरकार बनाउनमा त सफल भयो तर मुख्यमन्त्री पदका अनुहार पुष्करसिंह धामी आफै हार्न पुगे।

यी हुन् दिग्गज नेताहरुलाई हराउने नेताहरु :

चरणजीत सिंह चन्नी दुई ठाउँबाट हारे
हाल पंजाबका मुख्यमन्त्री तथा मुख्यमन्त्रीका अनुहार चरणजीत सिंह चन्नी दुई ठाउँ(भदौर र चमकौर साहिब)बाट चुनावमा उठेका थिए। उनले दुई ठाउँबाटै चुनाव हारे। भदौरमा चन्नीलाई आम आदमी पार्टीका लाभ सिंहले उनलाई हराए भने चमकौर साहिबमा आम आदमी पार्टीकै उम्मेदवार डा चरणजीत सिंहले उनालाई पारजित गरेका हुन्।

नवजोत सिंह सिद्दुलाई महिला उम्मेदवारले हराए
नवजोत सिंह सिद्दु अम्रृतसर पूर्वबाट चुनावी मैदानमा रहेका थिए। उनलाई आम आदमी पार्टीकै जीवनजोत कौरले पराजित गरे।

५ पटक मुख्यमन्त्री रहेका प्रकाश बादल पनि हारे
५  पटक मुख्यमन्त्री रहेका प्रकाश बादल पनि यसपटक चुनाव हारेका छन्। उनलाई पनि आम आदमी पार्टीकै उम्मरेदवार गुरमीत सिंह खुडियाले हराएका हुन्।

कांग्रेस छोडेर आफ्नै पार्टी बनाएका अमरिंदर सिंह पनि हारे
पंजाबका पूर्व मुख्यमन्त्री तथा कांग्रेस छोडेर आफ्नै नयाँ पार्टी बनाएका क्यापट्न अमरिंदर सिंहलाई पनि यस पटक चुनाव हार्नुपर्यो। उनलाई पनि आम आदमी पार्टीका उम्मरेदवार अजीतपाल कोहलीले पराजित गरेका हुन्।

पुष्करसिंह धामी पनि हारे
उत्तराखण्डमा ६ महिना पहिले सत्ता सम्हालेका मुख्यमन्त्री पुष्करसिंह धामी आफू हारेपनि उनको पार्टी भारतीय जनता पार्टीलाई जिताए। उनलाई कांग्रेसका भुवन चंद्र कापडीले पराजित गरेका हुन्।

शुक्रबार​ २७ फागुन २०७८ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया