×

स्वास्थ्य मन्त्रालयमा दुई सचिव राखिने

images

काठमाडौं  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुईजना सचिवले काम गर्ने भएका छन् । मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवार्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् ।

सरकारले जनसंख्या हेर्ने गरी अर्को एक सचिवलाई पनि मन्त्रालयमा पठाउने निर्णय गरेसँगै अब मन्त्रालयमा दुई जना सचिव हुने पक्का भएको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार अब स्वास्थ्य मन्त्रालयमा जनसंख्या हेर्ने गरी सचिवका रुपमा देवकुमारी गुरागाईं काम गर्दैछिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेकी गुरागाईंलाई स्वास्थ्य मन्त्रालयमा जनसंख्या सचिवका रुपमा सरुवा गरिएको हो ।

यसअघि जनसंख्या सचिवका रुपमा मधुसुदन बुर्लाकोटीलाई पठाउने चर्चा थियो । प्रधानमन्त्री कार्यालयमा रहेका बुर्लाकोटीलाई भने सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ ।

 

शुक्रबार​ २८ माघ २०७८ ०४:५५ PM मा प्रकाशित

प्रतिक्रिया