×

भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले पाइन् यस बर्षको नोबेल शान्ति पुरस्कार

images

काठमाडौँ । यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पाएकी छन् । 

शुक्रबार नर्वेली नोबेल समितिले भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न गरेको संघर्षको लागि माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

यस बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, एलन मस्क, पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान लगायत नोबेल शान्ति पुरस्कार पाउन सक्नेमा चर्चामा रहेका थिए ।

 

शुक्रबार​ २४ असोज २०८२ ०८:५० PM मा प्रकाशित

प्रतिक्रिया