×

एक हजार दरको नक्कली नोटसहित एक पक्राउ

images

भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको वृत्त जगातीको सूचना शाखाले जानकारी दिएको छ ।

आइतबार​ २६ असार २०७९ ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया