×

वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने

images

काठमाडौं । वीर अस्पतालमा आगामी साउन १ गतेदेखि बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले ओपिडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले यसबाट बिरामीलाई धेरै राहत हुने बताए । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उपचार सेवालाई थप सहज बनाउन बिहानको समयमा उपचार सेवा सुरु गर्न लागिएको बताए । उक्त अस्पतालमा दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेका छन् ।

सोमबार २५ असार २०८० १०:१२ AM मा प्रकाशित

प्रतिक्रिया