×

नेकपा फेरि ब्युँताऔँ : अध्यक्ष नेपाल

images

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि ब्युताउने प्रस्ताव गरेका छन्।

शनिबार एकीकृत समाजवादी भक्तपुरकोका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा फेरि ब्युताउने प्रस्ताव गरेका हुन्।

उनले भने, ‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ। हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन्? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि ब्युँताऔँ।’

उनले पार्टी एकीकरण गरे आफू र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने बताए। 

तर कोहि कोहि मान्छे आफ्नो के हुन्छ भन्ने सोच्न थाल्छन् l मैले कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइ दिन्छन् । सल्लाहकार भएर बसे हुँदैन, केटाहरूले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि ।

७० कटेकालाई हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर कटे म पनि बस्छु ।’

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए । उनले राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने बताए ।

शनिबार २७ जेठ २०८० ०९:२८ PM मा प्रकाशित

प्रतिक्रिया