इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत मंगलबार आज एक खेल हुँदैछ । पुनेमा हुने खेलमा नवप्रवेशी दुई टोली लखनउ जाइन्ट्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
खेल राति ७ः४५ बजे सुरु हुनेछ । लखनउ र गुजरातबीचको रोमान्चक हुने अनुमान गरिएको छ ।
किनकि दुई टोली शीर्ष स्थानको होडमा रहेका छन् । लखनउ ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
लखनउ गुजरातलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ । गुजरात ११ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लखनउलाई हराएर गुजरात शीर्ष स्थानमा उक्लन चाहन्छ । लखनउ र गुजरातबीचको यो दोस्रो भेट हो । यस अघिको भेटमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।
प्रतिक्रिया