×

वृहत स्वास्थ्य शिविर सम्पन्न

images

काठमाडौं । लायन्स तथा लियाे क्लब चाबहिल सिटी सहित नाै वटा क्लबहरूकाे आयाेजनामा चाबहिल बुद्ध स्तुपा (धन्दाे चैत्य) चाबहिलमा 'वृहत स्वास्थ्य शिविर' सम्पन्न भयाे । उक्त कार्यक्रममा लायन्स  क्लब अफ काठमाडाै क्यापिटल, काठमाडाै डाईमण्ड, नेपाल ईकाे फ्रेण्ड्ली, काठमाडाै फेलोसिप, काठमाडाै हाईट,  काठमाडौ कैलाश,काठमाडाै युनिक र किवानिज क्लब अफ युनिटी नेपालकाे सहभागिता रहेकाे थियाे ।

सिविर, दिर्घायु गुरु हस्पिटल, ग्राण्डी हस्पिटल, दृष्टि आँखा केन्द्र, चाबहिलकाे सहयाेगमा डा. रञ्जु सिटाैला खरेल, डा. सुवाेध घिमिरे, डा. साेेमिका बस्नेत, डा. आयुस्मा आचार्य र प्राविधिक टाेलीहरुकाे सहयाेगमा सम्पन्न भएकाे थियाे । शिविरमा जाँच गरिएका विरामीहरुलाई औषधि चस्माहरु नि:शुल्क वितरण गरिएकाे थियाे ।

क्लबका प्रथम उपाध्यक्ष लायन प्रद्युम्न जाेशीकाे अध्यक्षता सम्पन्न कार्यक्रममा विशेष अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ F का द्वितीय भाईस गभर्नर शंकर सारडा , पूर्व प्रदेश सभासद नराेत्तम वैद्य र किवानिज अन्तर्राष्ट्रियका गभर्नर  लक्ष्मण लम्सालले शुभकामना मन्तव्य दिनु भयाे।

यस्तै कार्यक्रममा  लायन मनाेज सापकाेटा, लायन सुरेन्द्र पाैडेल, क्लवका पूर्व अध्यक्षहरु लायन अजय खनाल र लायन एकेन्द्र राज चालिसे, लायन विमल पाैड्याल, किवानिज क्लबका अध्यक्ष सुमन वर्षा र लियाे क्लबका अध्यक्ष मिलन पाण्डेले मन्तव्य राख्नु भएकाे थियाे ।

 शिविरमा आँखा परीक्षण, जनरल चेकअप, मधुमेह परीक्षण तथा ब्लड प्रेसर जाँच सहित ५२४ जना विरामीहरुकाे परीक्षण र ४३ जनाले रक्तदान गर्नु भएकाे कार्यक्रमका संयाेजक सुवर्ण डंगाेलले बताउनु भयो ।

यस्तै क्लबकाे आयाेजनामा बाराकाे कलैयामा 'दन्त परीक्षण शिविर'काे आयाेजना सम्पन्न भयाे । ग्यालेक्सी पब्लिक स्कूल तथा ग्यालेक्सी बिजनेस कलेज  कलैयाको सहयोगमा २१५ जना विद्यार्थीहरुकाे दन्त परीक्षण गरिएकाे क्लबका पूर्व अध्यक्ष महाविर रिसालले बताउनु भयाे ।

सोमबार २७ चैत २०७९ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया