×

पेसागत महासंघद्वारा १९ बुँदे समसामयिक प्रस्ताव पारित 

images


काठमाडौं । पेसागत महासंघ नेपालको हालै सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट १९ बुँदे समसामयिक प्रस्तावहरू पारित गरिएको छ । 

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिएको हो । 
महाधिवेशनले श्रम सम्बन्धलाई सुमधुर बनाई  उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्याउने प्रस्ताव पारित गरेको छ । विश्वमा बढीरहेको आर्थिक मन्दी तथा अन्यौलताले मानव जीवनमा दूरगामी असर पर्ने हुँदा रुस र युक्रेनबीचको युद्धलाई सामरिक हतियार प्रयोगको होडवाजी नबनाई आपसी छलफल र सहयोगको माध्यमबाट समस्याको अन्त्य गर्न विश्व शक्ति राष्ट्रहरु तथा आम मानव समुदायलाई अपील समेत गरेको छ । 
पत्रकार सम्मेलनमा पेसागत महासंघ नेपालका महाचिव केदारप्रसाद देवकोटाले राज्य र सरकारकाट बन्ने नीति नियमहरु र कार्यक्रम तथा योजनाहरुलाई सम्मिलित गर्दै अगाडि बढ्ने बताए । 

‘जनसङगठनको हिसावले पेसागत महासंघले आफ्नो क्रियाकलापहरु अगाडि बढाउने छ । अहिले समम्म देखा परेको समस्या र चुनौतीहरु कार्ययोजनाका साथ व्यवस्थित गर्ने सन्दर्भमा छलफल गर्ने छौं ।’ 
चैत २३ र २४ गते जावलाखेल, ललितपुरमा ६५९ जना प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न महाधिवेशनले पुण्यप्रसाद ढकालको अध्यक्षतामा ८७ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरेको छ । 

यस्तै राजकुमार गिरिको अध्यक्ष्यतामा ४ सदस्यीय केन्द्रीय अनुशासन आयोग गठन गरेको छ भने उद्धव न्यौपानेको अध्यक्षतामा ४ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ । 
२०७३ असार ३ देखि ५ गतेसम्म भएको पेसागत महासंघ नेपालको छैटौं महाधिवेशनबाट निर्वाचित राष्ट्रिय समितिले पेसागत महासंघ नेपालको विधान २०५२ को व्यवस्था बमोजिम ४ वर्षको कार्यकालमा कामहरु गर्न नसक्दा विवादित बनेको थियो । 


 

सोमबार २७ चैत २०७९ ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया