×

शान्ति प्रक्रियालाई गिज्याइरहने ‘सामूहिक चिहान’

images

‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु । त्यो बाटो हिँड्दा आफूलाई सम्हाल्न सक्दिनँ’, जगन्नाथ गाउँपालिका– १ की बिजा बिष्टले आफ्नो वेदना सुनाइन् ।

बूढीनन्दा नगरपालिका– १ को दैयाको मूल बाटोमा रहेको सामूहिक चिहानभित्र उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षा फौजले माओवादीको आरोपमा घरबाटै नियन्त्रणमा लिएर २०५९ वैशाखमा गगनलगायत ९ जनाको दैयामा गोली हानी हत्या गरेपछि अलपत्र शवहरूलाई गाउँलेले पानीको धारा छेउमै सामूहिक चिहान बनाएर गाडे ।

साबिकको जगन्नाथ गाविसबाट माओवादी भेषमा आएका नेपाली सेनाले ‘अभियानमा जाऔँ’ भनेर ल्याएर २३ युवालाई माओवादी आरोपमा घरघरबाट उठाएर ल्याए । दैयामा लगेर गोली हानेर हत्या गरे ।

दैयाको पुलमा ९ जना मारिएका थिए भने ८ जनालाई केही पर एयरपोर्ट छेउमा लाइन लगाएर गोली ठोकिएको थियो । ६ जनालाई मार्तडी ल्याएर दोस्रो दिन जुगाडा गाविसको खडीगाढमा गोली हानेर हत्या गरियो । यो समाचार दल नेपाल टप दैनिकमा छ ।

बिहीबार २६ फागुन २०७८ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया