×

सत्ता गठबन्धनका शीर्ष तीन नेता देउवा-प्रचण्ड-नेपालबीच भेटवार्ता

images

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वालुवाटार पुगेका थिए ।

उहाँहरुबीच करिब १ घण्टा वार्ता भएको बुझिएको छ । उहाँहरुबीच समसामयिक बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद संचालन नभइरहेको, एमसीसीको विषय पेचिलो बन्दै गएको र स्थानीय तहको मिति तोकिसकेको अवस्थामा सत्ता गठबन्धनका मुख्य तीन नेताहरुबीच भएको भेटलालाई महत्वका साथ हेरिएको छ ।

बिहीबार बिहान मात्रै काँग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । त्यस्तै नेता कोइरालाले बुधबार साँझ प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।

बिहीबार २७ माघ २०७८ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया