×

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता

images

काठमाडौँ : सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।


प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच  करिब एक घण्टा छलफल भएको बताए । आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँग भेटवार्तापछि माधव नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

बिहीबार २७ माघ २०७८ ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया