काठमाडौँ : राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि ५० अर्ब रुपैयाँ बजेट माग रहेको बताए।
चालु आर्थिक वर्ष ९२०७८र०७९० को बजेट अर्धवार्षिक स...
चुनावका लागि १० अर्ब बजेट: अर्थमन्त्री
सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा ४१।४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ०।०९ प्रतिशतले बढेर १२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत ९ करोड ९५ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोड ५६ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४५ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १३१७ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात २५८।११ गुणा रहेको छ ।
यस अवधिसम्ममा कम्पनीले १४ हजार ८५९ वटा बीमालेख जारी गरी ५९ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले एक हजार १९३ वटा दाबी वापत २३ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
प्रतिक्रिया