×

काठमाडौंमा स्थानीय तह निर्वाचन फेरि एमालेले जित्छ : मेयर शाक्य

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरी काठमाडौंमा स्थानीय तह निर्वाचनमा  नेकपा एमाले विजयी हुने दाबी गरेका छन् ।

आज काठमाडौं महानगरपालिका-२१ गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यासमा बोल्दै उनले यस्तो दाबी गरेका हुन। ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।

अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं’ उनले भने ।

बिहीबार २७ माघ २०७८ ०८:४६ PM मा प्रकाशित

प्रतिक्रिया