×

भारतीय कम्पनी पीटीसीसँगको सम्झौता सेटिङका लागि नभएर राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो- कुलमान

images

काठमाडौँ ।  उर्जामन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे भ्रम फैलाइएको आरोप लगाएका छन् । भारतसँग भएको सम्झौतामा अनियमितता भएको प्रश्न उठिरहेका बेला मन्त्री घिसिङले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभएर राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको दाबि गरेका छन् ।

उनले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेको बताउदै हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्ने र १० रूपैया सम्मको महंगो विद्युत आयात गर्र्नु पर्ने वाध्यता हटेको बताएका छन् । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम रहेको उनको दाबि छ ।

उनले भनेका छन्:  

आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु — यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको हो।

नदी प्रवाहमा आधारित हाम्रो प्रणालीले बर्षायाममा निर्यात र सुख्खायाममा केही परिमाणमा आयात आवश्यक  छ । हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेका छौं, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रूपैया सम्मको महंगो विधुत आयात गर्र्नु पर्ने वाध्यता हटेको छ । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम थियो । यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो । भ्रममा नपरौं ।

आइतबार​ २४ कात्तिक २०८२ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया