×

इङल्याण्डलाई हराउदै कुवेत हङकङ सिक्सेसको फाइनलमा

images

काठमाडौं । कुवेत हङकङ सिक्सेस क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलमा कुवेतले इङल्याण्डलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

कुवेतले दिएको १४३ रनको लक्ष्य पछाएको इङल्याण्डले ६ ओभरमा ३ विकेट गुमाउदै १०५ रन बनाए पछि कुवेतले खेल ३७ रनले पराजित गरेको छ । यस अघि कुवेतले पहिला ब्याटिंग गर्दै ६ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो  ।

अब फाइनलमा कुवेतले पाकिस्तानको सामना गर्ने भएको छ । फाइनल खेल आजै हुदैछ ।

आइतबार​ २४ कात्तिक २०८२ १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया