काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बर्तौलाले प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शत प्रतिशत रहेको दाबी गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपुर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने काममा अर्याल चौबिसै क्यारेटका स्टेकहोल्डर भएको आरोप लगाएका छन् ।
उनले भनेका छन्-
राज्य बिरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ
प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सुचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिसत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपुर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन । हाम्रो इतिहास , सम्पदा र दस्तावेज हरु छानी छानी नष्ट गर्ने, ब्यक्तिका घरहरु, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनि प्रायोजित उत्प्रेरक समेत हुन ।सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी ।
शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन कि शान्तिपुर्ण आन्दोलन भित्र उनको घुसपैठको यहि नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र सफत ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भिर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्री लाई पदबाट बरखास्त गरि राज्यबिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरि अनुसन्धान प्रकृया अगाडी बढाइनु ।
प्रतिक्रिया