×

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

images

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो

खसेपछि सडक अवरुद्ध भएकोमा तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको नौ घटापछि आइतबार बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो ।

रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

आइतबार​ २४ असार २०८० १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया