×

प्रधानमन्त्री कप भलिबल सुरु उप–प्रधानमन्त्री नारायणकाजीद्वारा लिग प्रतियोगिताको उद्घाटन

images



काठमाडौं। नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।

लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाविच लिगको उद्घाटन गरे । श्रेष्ठले अन्तराष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी उप–प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले हालका प्रधानमन्त्रीको कार्यकालमा भएको भलिबललाई राष्ट्रिय खेलको रुपमा गरेको घोषणालाई खेलाडी तथा नेपाल भलिबल संघले औचित्य पुष्टी गर्दै राष्ट्रिय गौरवमा अभिबृद्धि गरेको बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भलिबलको बिकास र विस्तार गर्न संघले गरेको कार्य प्रशंसनिय रहेको भन्दै सरकारले युवा तथा खेलकुदलाइ महत्व दिँदै आएको बताए । पछिल्लो समय खेलकुद क्षेत्रले राज्यको शिर उच्च पार्ने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद्, खेलाडी तथा राष्ट्रिय संघहरुलाई धन्यवाद प्रदान गरे ।

सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानमा सवैको सहयोगको लागी अपिल गर्दै प्रतियोगिताको सफलताको शुभकमाना सहित नेपाल सरकारले भलिबल खेलको विकास र विस्तारका क्रममा अन्तराष्ट्रिय कभर्डहल र सातै विकास क्षेत्रमा प्रादेशिक कभर्डहल निर्माणमा सहयोग गर्ने र नेपाल भलिबल संघले भलिबल खेलको विकासमा लिएको सवै अभियानमा सरकारको साथ रहेने बताए ।

आइतबार​ २४ असार २०८० १०:१२ AM मा प्रकाशित

प्रतिक्रिया