×

मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरुले काठमाडौंमा प्रदर्शन

images

काठमाडौं । मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विधेयक पारित गर्न माग गर्दै मिटरब्याज पीडितले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले वैशाख २० गते ल्याएको मुलुकी संहितासम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि पीडित आन्दोलित भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधले गर्दा संविधानअनुसार ६० दिनभित्र संसदबाट पारित हुनुपर्ने विधेयक पारित हुन नसकेको हो । गत बुधबार कार्यसूचीअनुसार पारित हुन नसक्दा विधेयक निष्क्रिय भएको छ ।

आइतबार​ २४ असार २०८० ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया