×

विप्लव नेतृत्वको नेकपा विभाजित, धर्मेन्द्रको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन

images

 विप्लप नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले  पार्टी गठन गरेको हो । 

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको जानकारी दिइएको हो । पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ । 

कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए ।

जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरि नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरू प्रतिवद्ध रहेको पनि पार्टीले जनाएको छ । 

सोमबार २६ बैशाख २०७९ ०५:३४ PM मा प्रकाशित

प्रतिक्रिया