×

सबै मतदान केन्द्र र मतगणनास्थलमा पालको व्यवस्था गर्नू - आयोग

images

 निर्वाचन आयोगले मतदान र मतगणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न सबै पालिकालाई आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार चुनावको दिन देशभर पानी पर्ने भएपछि आयोगले पालको व्यवस्था गर्न आग्रह गरेको हाे । 

‘वर्षाको पानीबाट मतदान कार्य र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिककाे व्यवस्था गर्नका लागि सबै पालिकाले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिने निर्णय भएको छ’, प्रवक्ता शालिग्राम पौडेलले भन्नुभयो ।

यसको समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई तोकिएको पनि उहाँले जानकारी दिनुभयो । 

सोमबार २६ बैशाख २०७९ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया