×

गठबन्धनको चुनावी सभा आज धनगढीमा, शीर्ष नेताले सम्बोधन गर्ने

images

सत्ता गठबन्धनले आज धनगढीको रंगशालामा चुनावी सभा गर्दैछ । सभालाई प्रधानमन्त्री एव. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी गरिएको छ । 

देउवा आइतबार नै धनगढी पुगेका हुन् । उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा बसेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि धनगढीमै छन् ।

प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । चुनावी सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया,डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा चुनावीसभा रहको छ ।

सोमबार २६ बैशाख २०७९ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया