×

आज कानुन दिवस मनाइँदै

images

आज कानुन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००९ साल वैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागू भएको दिनको अवसरमा कानुन दिवस मनाउने चलन छ ।

आज सर्वोच्च  अदालतले  कानुन  दिवस समारोह आयोजना गरेको छ । तर कानुन दिवस मनाइरहँदा कानुन तर्जुमा प्रक्रिया नै ठप्प भएको डेढ वर्ष कटिसकेको छ ।  २०७८ सालको  बजेट अधिवेशन पछि  संसदमा विधेयक अलपत्र परेका छन् ।

सङ्घीय संसद्को चुनावपछि झण्डै ५० अध्यादेश जारी भइसकेका छन् । जसमा केही अध्यादेश दोहोरिएका छन् । प्रतिनिधि  सभाको  विधेयक  शाखा  प्रमुख  नारायण ढकालका अनुसार अघिल्लो वर्ष बजेटसँग सम्बन्धित विधेयकबाहेक नयाँ विधेयक दर्तासमेत भएका छैनन् ।

राष्ट्रिय सभाको विधेयक शाखाको अभिलेखअनुसार २०७८ कात्तिकपछि कुनै नयाँ विधेयक दर्ता भएका छैनन् । समितिमा  छलफल, संसद्बाट पारितलगायतका प्रक्रिया पूरा नभएको भने डेढ वर्ष नै भइसकेको छ ।

सोमबार २६ बैशाख २०७९ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया