×

रुसबाट तेल र ग्यास आयातमा प्रतिबन्ध लगाउने बाइडेनको घोषणा

images

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा रुसबाट हुने सबै प्रकारका तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिने उद्देश्यसहित बाइडेनले उक्त प्रतिबन्ध लगाएका हुन् । मंगलबार ह्वाइट हाउसमा बोल्दै बाइडेनले रुसी अर्थतन्त्रको प्रमुख हतियारलाई लक्षीत गरी प्रतिबन्ध लगाइएको जानकारी गराएका छन् ।

यद्दपि, अमेरिका आफ्नो उर्जा आपूर्तिका लागि रुसमा धेरै निर्भर नभएका कारण बाइडेनको प्रतिबन्धले रुसलाई खासै असर नगर्ने विश्लेषकहरुले बताएका छन् । सन् २०२१ मा अमेरिकाले रुसबाट दैनिक २ लाख ९ हजार ब्यारेल कच्चा तेल आयात गरेको थियो । जुन अमेरिकाको कुल कच्चा तेल आयातको ३% मात्र हो । पश्चिमा अधिकारकर्मी तथा युक्रेनी नेताहरुले अमेरिका र युरोपलाई रुसी तेलमा प्रतिबन्ध लगाउन आग्रह गर्दै आएका थिए । 

तर रुसी तेलमा निर्भर युरोपेली राष्ट्रहरु भने प्रतिबन्ध लगाउन संकोच मान्दै आएका छन् । युरोपली राष्ट्रहरुमा भने उर्जा आपूर्तिको ठूलो हिस्सा रुसले ओगटेको छ । युरोपेली युनियनमा आपूर्ति हुने करिब ३५% प्राकृतिक ग्यास रुसबाट आयात हुने गरेको छ ।

 

बुधबार २५ फागुन २०७८ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया