×

अझै पनि अध्यक्ष ओली गठबन्धन तोड्ने प्रयासमा: माधव नेपाल

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् ।  पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओलीले अझै कायम राखेको बताएका हुन् । 

 

‘गठबन्धन बीचमा अविश्वास पैदा गर्ने र सत्ता गठबन्धनलाई  तोड्ने षड्यन्त्र अझै भइरहेको छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले यसअघि एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेर काँग्रेससँग मिल्ने योजनामा लागेका ओली सफल नभएको पनि बताए ।

उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताए । ‘कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौं भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ’, अध्यक्ष नेपालको भनाइ छ ।

 

बुधबार २५ फागुन २०७८ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया