×

अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन

images

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ। भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्ता गर्न प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन जारी गरेको छ। प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

सोमबार २५ पुस २०७९ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया