×

यी हुन् प्रतिनिधि सभाका लागि नेकपा एकीकृत समाजवादीका १९ उम्मेदवार (नामावलीसहित)

images

काठमाडौं । सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ ।

जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ ।  समाजवादी प्रदेश १ मा २, मधेस प्रदेशमा २, बाग्मती प्रदेशमा ४, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४, कर्णालीमा तीन र सुदूरपश्चिममा ३ सिट पाएको छ।

प्रदेश १ को इलाम-१ र उदयपुर- २, मधेस प्रदेशको रौतहट- १ र बारा- ४, बागमतीको धादिङ -१, काठमाडौं- ८, ललितपुर- २ र मकवानपुर- २, गण्डकीको कास्की- २, लुम्बिनीको गुल्मी– २, पाल्पा-२, रूपन्देही- २ र दाङ- १, कर्णालीको सल्यान, डोल्पा र दैलेख- १, सुदूरपश्चिमको अछाम- १, बझाङ र डोटीमा एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएको छ।

१, इलाम क्षेत्र न. १ - झलनाथ खनाल 
२, उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा 
३, रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल 
४, बारा क्षेत्र न. ४ - कृष्णकुमार  श्रेष्ठ 
५, काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ 
६, ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन 
७, धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे
८, मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा 
९, कास्की क्षेत्र न. २ - श्रीनाथ बराल 
१०, गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री 
११, पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे 
१२, रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ 
१३, दाङ क्षेत्र न. १ - मेटमणि चौधरी 
१४, सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)
१५, डोल्पा - धनबहादुर बुढा मगर 
१६, दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा 
१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुवँर 
१८, बझाङ - भानुभक्त जोशी 
१९, डोटी - प्रेमबहादुर आले

शनिबार २२ असोज २०७९ ०९:५० AM मा प्रकाशित

प्रतिक्रिया