×

आफ्ना आवाज शान्तिपूर्ण रुपमा राख्न र संवादबाट समस्याको समाधान गर्न गृह मन्त्रालयको आग्रह

images

काठमाडौँ । गृह मन्त्रालयले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । 

बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ क्रियाशील रहेको उल्लेख गर्दै सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो ।
मन्त्रलायले विहिबार केहि जेनजी समुहले प्रदर्शन गर्ने कार्यक्रम तय गरेको सन्दर्भमा यस्तो आग्रह गरेको छ ।   

मन्त्रालयले भनेको छ:

जेन- जी  पुस्ताको अगुवाईमा भएको प्रदर्शन पश्चात् मुलुकमा नयाँ परिस्थिति विकास भएकोप्रति हामी सबै जानकार नै छौं । नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको छ । देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आम नागरिककोसमेत अहम् दायित्व हुन आउँछ । तसर्थ मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ । साथै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ ।

बुधबार २२ असोज २०८२ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया