काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ ।
अधिवक्ता युवराज सफलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जानकारी दिएका छन् । राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ । सफलले जाहेरीमा २५ बर्षसम्मको जेल सजायको माग उल्लेख गरेका छन् । साथै प्रहरीले जाहेरी दर्ता नगरेको बताए ।
यसअघि मंगलबार पनि नेकपा एमालेनिकट अनेरास्ववियुले मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जाहेरी दिएको थियो । प्रहरीले जाहेरी दर्ता नगरेर सरकारले गठन गरेको जाँचबुझ आयोगमा पठाउने तयारी गरेको बताइएको छ ।
प्रतिक्रिया