काठमाडौं- ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन्। प्रहरी वृत्त बौद्धका अनुसार उनी ‘प्रसाद २’ फिल्मको विवादका कारण पक्राउ परेका हुन्। डिजिटल राइटको विवादमा 'प्रसाद २' का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अग्रवाललाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको हाे। अग्रवालले सञ्चालन गरेको युट्युब च्यानल ओएसआर डिजिटलले ‘प्रसाद २’ को डिजिटल राइटसमेत लिएको थियो।
उनलाई म्याद थपका लागि आज जिल्ला अदालतमा उपस्थित गराइँदैछ। अहिले अग्रवाल बौद्ध प्रहरीको हिरासतमा छन् । आपराधिक विश्वास घात गरेको आरोप उनीमाथि लागेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया