×

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’  द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

images

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्द्धक दुर्गा अधिकारी ‘भमरकोटे’ साहित्यकार नरेन्द्र नगरकोटी , हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन नेपाल, साहित्यकार बद्री उप्रेती, प्रदिप सापकोटा , दुर्गा अधिकारी , नरेन्द्र सिवाकोटी, तिलकप्रसाद लुइटेल, बद्री उप्रेती लगायतले विमोचन गरे । विमोचित संग्रहका बारेमा समालोचक नरेन्द्र नगरकोटी ले टिप्पणी गरेका थिए ।

संग्रहमा मुक्तककार श्रेष्ठले समसामयिकदेखि समाजका विभिन्न विषय वस्तुलाई सशक्त रुपमा उठाएको साहित्यकार मदन नेपालको भनाइ थियो। त्यस्तै नम्रता उप्रेती, सुभद्रा अधिकारी, लब खड्का, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, उषा के सी, नवराज पोखरेल, सुरेश वैद्य, तिलकप्रसाद लुइटेल, रबिन्द्र आशिष शैली, मानन्धर अभागी, सुनिल अधिकारी, निलाञ्जला भारद्वाज, जिज्ञासु तिलक पौडेल, सुचिता काफ्ले, बद्री उप्रेती, योगराज आचार्य ( छिमेकी दाइ ) टेकराज भट्ट, प्रदिप सापकोटा, दुर्गा अधिकारी भमरकोटे ज्यूहरुले कृतिकारको विमोचित कृतिबाट र आफना मुक्तकहरु वाचन गरे। हामी र हाम्रो कृति समुहले प्रकाशित गरेको संग्रहभित्र २ सय ७० वटा मुक्तक संग्रहित छन् ।

आइतबार​ २१ असोज २०८० ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया