×

राजेन्द्र लिङदेन भन्छन्- नेताको मात्र सम्पत्ति छानबिन गरेर पुग्दैन

images

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेताको मात्र सम्पत्ति छानबिन गरेर नपुग्ने बताएका छन् ।

लिङदेनले नेताको परिवार, नातेदार र अन्य निकटसम्मको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताउदै नेताको मात्र छानबिन गरेर नहुने बताएका हुन् ।

उनले नेताहरूको सम्पत्ति छानबिनको माग आफुहरुले लामो समयदेखि गर्दै आएको बिषय भएको उल्लेख गर्दै अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको बताएका छन् ।

उनले भने- 'नेताहरूको सम्पत्ति छानबिनको माँग हामीले लामो  समयदेखि गर्दै आएको बिषय हो । अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ । तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ ।'

बुधबार २२ असोज २०८२ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया