×

एक लाख घुससहित पक्राउ परेका सिरहाको कल्याणपुरका नगर प्रमुख साहविरुद्ध मुद्धा दायर

images

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका एक लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ । नगर प्रमुख साह एक लाख घुस रकमसहित पक्राउ परेका थिए ।

अख्तियारले एक लाख नै बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जानकारी दिएको छ ।

 

शुक्रबार​ २४ साउन २०८२ ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया