×

इंग्ल्यान्डका युवा स्टार जुड बेलिङघम १०३ मिलियन युरोमा अनुबन्ध

images

काठमाडौं । इंग्ल्यान्डका युवा स्टार जुड बेलिङघम अनुबन्धका लागि स्पेनिस क्लब रियल मड्रिड सहमत भएको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डरलाई १०३ मिलियन युरोमा अनुबन्ध गर्नका लागि रियल सहमत भएको बीबीसीले जनाएको छ ।

रियलले बेलिङघम अनुबन्धका लागि जर्मन टोलीसँग वार्ता गरिरहेको थियो । बेलिङघमको केहि दिनमा मेडिकल हुने बताईएको छ । १९ वर्षीय बेलिङघम २०२० मा बिर्मिनघमबाट डर्टमण्ड आएका थिए ।

गत वर्ष उनले १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए । बेलिङघमले यस सिजन ४२ खेलमा १४ गोल र ७ असिस्ट गरेका छन् । एजेन्सी

बिहीबार २५ जेठ २०८० ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया