×

संसदमै अर्धनग्न भए अमरेशकुमार सिंह

images

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न बनेका छन् । सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै विरोधमा उत्रिएका उनले बोल्न नपाएको भन्दै शरीरको माथिल्लो भागको सबै लुगा खोलेका हुन। 

सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको बताएपछि विरोधमा उत्रिएका उनले अर्धनग्न भएर केही बेर उभिएका थिए। आफ्नो आशनबाट उठेर उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएपछि सभामुख घिमिरेले उनलाई कारबाही चेतावनी दिका थिए। 

उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए। सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उभियका थिय। तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै बैठक नियमित कारबाहीमा जाने बताएसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विराेध जनाएका हुन। 

 


 

सोमबार २५ बैशाख २०८० ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया