×

नवाजुद्दीनकी श्रीमतीले मुद्दा फिर्ता लिने, मागिन् माफी

images

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती आलिया सिद्दिकीले श्रीमान विरुद्धको मुद्दा फिर्ता लिने भएकी छिन् । आफ्नो आधिकारिक सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एउटा पोष्ट सेयर गर्दै उनले मुद्दा फिर्ता लिन्छु भन्दै आफ्नो गल्तीको लागि माफी मागेकी हुन् ।

केही हप्ता अगाडी आलियाले नवाजले आफू र छोराछोरीलाई घरबाट निकालेको र घरमा आफूलाई बन्दी बनाएर राखेको आरोपमा मुद्दा दर्ता गराएकी थिइन् । उनले अब, नवाज र उनको परिवार विरुद्धको मुद्दा फिर्ता लिने कुरा गरेकी छन् । नवाजको गल्तीलाई माफ गर्दै आलियाले अगाडि बढ्ने र भविष्यलाई राम्रो बनाउन प्रयास गर्ने बताएकी छिन् ।

आलियाले ‘विगतको चक्रव्यूहमा अल्झिएर बस्नु ठीक होइन, असल श्रीमान श्रीमती बन्न सकेनौँ तर असल अभिभावक बन्न सक्छौँ भन्दै पोष्ट सार्वजनिक गरेकी छिन् । नवाजको आमा र आलियाबीच चलिरहेको अंशवण्डा झगडाका कारण नवाज अहिले आफ्नो घरबाट टाढा गएर होटलमा बस्दै आएका छन् । एजेन्सी

सोमबार २५ बैशाख २०८० ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया